सभामुख महरा जुटे परामर्शमा, राजीनामा दिनु पर्ने दबाब बढ्दो

सभामुख महरा जुटे परामर्शमा, राजीनामा दिनु पर्ने दबाब बढ्दो

Krishna-Bahadur-Mahara

काठमाडौँ – आफूमाथि बलात्कार आरोपपछि सभामुख महरा परामर्शमा जुटेका छन् । सभामुख महरा मंगलबार बिहानैदेखि बलात्कार आरोप लागेपछिको अवस्था के गर्ने भन्नेबारे आफ्नै निवासमा पार्टीका निकट नेतासहितसँग परामर्शमा जुटेका हुन् ।

महराले कानूनविद, पार्टीका नेता तथा संसद सचिवालयका पदाधिकारीसँग छलफलमा जुटेको उनी निकट स्रोतले जानकारी दिएको छ । महराले सोमबार राति अबेर विज्ञप्ति निकालेर आफूमाथि लागेको आरोप पूर्ण रुपमा कपोलकल्पित र झुट रहेको दाबी गरेका छन् ।

महरामाथि बलात्कारको आरोप लागेपछि राजीनामा दिनु पर्ने दबाब बढेको छ । सत्तारुढ नेकपाकै नेताहरुले राजीनामा तथा निष्पक्ष छानबिनको माग गरेका छन् । यस्तै प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेताहरुले पनि सत्य–तथ्य आउने गरी छानबिन हुनु पर्ने बताएका छन् ।

सभामुख महरामाथि एक महिला कर्मचारीले बलात्कारको आरोप लगाएकी छन् । मदिरा सेवन गरेर सभामुख महराले आफूमाथि बलात्कार गरेको ती महिलाको आरोप छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds