काठमाडौं– सभामुख कृष्णबहादुर महराको सचिवालयले सभामुख महरामाथि लगाइएको यौन दुर्व्यवहारको आरोपमा कुनै सत्यता नभएको जनाएको छ । महराका प्रेस संयोजक डिल्ली मल्लले जारी गरेको प्रेस वक्तव्यमा विभिन्न मिडियामा आएको सामाचरामा जस्तो सत्यता नरहेको र भ्रम फैलाउन खोजिएको जनाइएको छ ।
आरोप लगाउने महिलाले कर्मचारी समायोजनको रिस पोखेको उल्लेख छ । कर्मचारी समायोजनमा सामान्य प्रशासन र स्वास्थ्य मन्त्रालयले नै सबै प्रक्रिया मिलाउने हुँदा स्वास्थ्य शाखाका कर्मचारीहरु र ती महिला पनि असन्तुष्ट रहेको भन्दै विज्ञप्तीमा असन्तुष्टिलाई लिएर सभामुख महराको बारेमा पूरै गलत, कपोकल्पित र अनर्गल समाचार प्रवाह भएको दाबी गरिएको छ ।
सभामुखको राजनीतिक उचाई, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने षड्यन्त्र भएको भन्दै विज्ञप्तिमा समाचार र घटना सुनियोजित र योजनाबद्ध रुपमा भइरहेको जनाइएको छ ।
‘सभामुख महराको राजनीतिक व्यक्तित्व र छविलाई अरु कुनै पनि हतियारबाट गलाउन नसकेपछि एउटा ‘कठपुतली’ तयार गरी सामाजिक रुपमा बदनाम गर्न दुस्प्रयास गरिएको छ, यसको जति कडा शब्दमा भर्त्सना गरे पनि कम हुन्छ ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सम्बन्धित खबर
सामाजिक सञ्जालमा अराजकता स्वीकार्य छैन: प्रधानमन्त्री ओली
विश्वको प्रदूषित शहर सूचीमा चौथो स्थानमा नेपालको राजधानी काठमाडौं
सवारी चालक अनुमतिका लागि उमेर हद बढाउने तयारीः बाइक, स्कूटर चलाउन १८ वर्ष
राराको डाँफे होटलमा आगलागी
घाँस काट्न गएका युवक र युवती जङ्गलमा मृत फेला
बदली, वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम