तनहुँ । व्यास नगरपालिका वडा नं. १० ले आफ्नो वडामा रहेका पसलहरुको सोमबार अनुगमन गरेको छ ।
व्यास नगरपालिका वडा नं.१० का वडाअध्यक्ष तुलसिराम सापकोटाको अध्यक्षतामा वडा स्तरीय अनुगमन टोलीको नेतृत्वमा व्यास नगरपालिका वडा नं. १० को दुम्सीचौर,सेवर लगायतका क्षेत्रका बजारहरुमा अनुगमन गरिएको हो ।
वडामा रहेको बजारलाई ब्यवस्थित बनाउन अनुगमन थालिएको वडा अध्यक्ष सापकोटाले बताए । अनुगमनका क्रममा सो क्षेत्रमा बिना दर्ता पसल संचालन गरेको,मुल्य सुची नराखेको पाइएको वडा सचिव पुष्पराज आचार्यले बताए ।
अनुगमन टोली नियम विपरीत काम गर्नेहरुलाई पहिलो चरणमा ब्यवसाय सुधारका लागि निर्देशन दिएको समेत आचार्यले बताए । अनुगमन टोलीले सो क्षेत्रका करिब एक दर्जन पसलमा अनुगमन गरेको थियो ।
गत बिहीबार बसेको बैठकले वडामा रहेको बजारको अनुगमन गर्ने निर्णय गरेको थियो ।
ब्यास नगरपालिका वडा नं. १० ले वडा स्तरीय अनुगमन टोलीमा वडा अध्यक्ष सापकोटा सहित सदस्यहरुमा वडा सदस्य लक्ष्मि परियार, पत्रकार महासंघ तनहुँका सचिव उज्वल पौडेल, तनहुँ जिल्ला दुग्ध उत्पादक संघका अध्यक्ष यज्ञ शर्मा ,उपभोक्ता मञ्चको तर्फबाट ऋषिराम ढुङ्गाना,शान्ति नगर टोलका अध्यक्ष प्रेम मिश्र लगायतको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते