पोखरा । पोखरा महानगरपालिका-२२ पुम्दी-भुम्दीका स्थानीय युवाहरुले निषेधित क्षेत्रमा फोहोर फाल्ने दुई जनालाई रंगेहात पक्राउ गरेका छन् । पोखरा-१७ बिरौटाबाट बोलेरो गाडीमा घर बनाइ सकेपछि प्रयोगमा नआएका सामाग्री लिएर उनीहरु दुवै जना आइतबार साँझ भ्यूपोइन्ट पुगेका थिए ।
स्थानीय सुवास सुवेदीले देखेपछि भ्यूपोइन्ट युवा क्लबको सक्रियतामा उनीहरुलाई पक्राउ गरिएको हो । ग २ च ८१४५ नम्बरको बोलेरोमा गएका उनीहरुलाई पक्राउ गरिएको क्लबका अध्यक्ष सुन्दर बराल ‘धड्कन’ ले जानकारी दिए ।
पक्राउ परेकाको आग्रह अनुसार नाम खुलाइएको छैन् । पक्राउ परेकालाई पाँच हजार जरिवानासहित आगामी दिनमा फेरि सोही क्रियाकलाप दोहोरिए कडा कार्बाही गर्ने चेतावनी दिएर छाडिएको क्लबका सचिब कुशल बरालले बताए । यसअघि पनि क्लबले ५ पटकसम्म जथाभावी फोहोर फाल्नेलाई पक्राउ गरेको थियो । क्लबका अध्यक्ष बरालले बाहिरबाट फोहोर फाल्न आउने गरेको थाहा पाएपछि आफूहरुले निरन्तर निगरानी राखिरहेको बताए ।
उनका अनुसार बाहिरबाट फोहोर फाल्न पोखराको महेन्द्रपुलदेखि व्यवसायी पुग्ने गरेका छन् । ‘फोहोर फाल्न बाहिरबाट आउने गरेको थाहा पाएपछि हामीले निरन्तर निगरानी गरिरहेका छौं,’ उनले भने, ‘विभिन्न व्यवसायीहरुले गाडीभरी फोहोर फाल्न पठाउने गरेको पाइन्छ ।’
क्लबको सक्रियतामा पुम्दी-भुम्दीअन्तर्गत खाडेखोला, तिलार, ठुलिबिडि, भ्यूपोइन्ट, अर्चलबोट, कालीमाटीबाट जथाभावी छोडिएका छाडा चौपायालाई महनगरसँग सहकार्य गरेर महानगरको पशुघरमा छाडिएको थियो ।
यस्तै क्लबले राजमार्ग छेउछाउमा अवैधानिक ढङ्गले राखिएका होडिङ बोर्डहरु हटाउनुका साथै राजमार्ग आसपासमा पटकपटक सरसफाइ कार्यक्रम पनि गरिसकेको सचिब बरालले जानकारी दिए ।
BY ANUP POUDEL/www.bigkhabar.com
http://gandaknews.com/view-point-club/
सम्बन्धित खबर
वालिङ्बाट लागूऔषधसहित पोखराका गुरुङ पक्राउ
राष्ट्रिय मगर एकता दिवसमा स्याङ्जाका आठ पालिकामा सार्वजनिक बिदा
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो