पोखरा। नेपाल रेडियोलोजिकल सोसाइटी गण्डकी प्रदेश समितिले विजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् तथा छठ पर्वको अवसर पारेर शुभकामना आदानप्रदान तथा गण्डकी प्रदेश स्तरिय रेडियोलोजी भेला सम्पन्न गरेको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले रेडियोग्राफी पेशाकर्मीहरु आफ्नो हकहितका लागि एकताबद्ध एवं सक्रिय भएर लाग्नुपर्ने बताउदै अहिले चलिरहेको सरकारी अस्पतालहरुको संगठन तथा व्यवस्थापन सर्भे (ओ एण्ड एम सर्भे) मा रेडियोग्राफी स्वास्थ्यकर्मीहरुको दरबन्दी बढाउन सबैले आ(आफ्नो ठाउँबाट पहल गर्न सुझाब दिएका थिए।
कार्यक्रमको अध्यक्षता समेत गरेका सोसाइटीका प्रदेश सभापति उदयकान्त तिवारीले कार्यक्रममा उपस्थित अतिथि एवं सहभागीहरुलाई शुभकामना एवं धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा रेडियोग्राफि स्वास्थ्यकर्मीहरुको हकहितका लागि सोसाइटीले प्रभावकारी कदम चाल्ने र त्यसमा सम्बन्धित सबैको साथ र सहयोग आवश्यक रहने बताएका थिए। कार्यक्रममा सोसाइटीका केन्द्रिय कोषाध्यक्ष डा।श्याम पराजुलीको विशेष आतिथ्यता एवं सोसाइटी प्रदेश समितिका विशेष सहयोगी जगन्नाथ गौतमको आतिथ्यता रहेको थियो।
प्रदेश समितिका सचिव विमल क्षेत्रीले सञ्चालन गरेको सो कार्यक्रममा प्रदेश समिती सदस्य कृष्ण के।सीले स्वागत मन्तव्य राखेका थिए भने केन्द्रिय कोषाध्यक्ष डा।श्याम पराजुलीले केन्द्रीय कार्यसमितिले गरेका काम र लिएका पहलकदमीहरुको बारेमा प्रकाश पारेका थिए।
सोही अवसरमा सोसाइटीको गण्डकी प्रदेश स्तरीय भेला एवं छ्लफल कार्यक्रम पनि सम्पन्न भएको छ। ुहक, अधिकार र सुरक्षाका लागि पेशागत एकतास गुणस्तरिय एवं सुरक्षित रेडियोलोजी सेवास् हाम्रो प्रतिवद्धताु भन्ने मुल नारामा केन्द्रित सो भेलाले पेशागत शुद्धिकरणका लागि विभिन्न चरणका दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको सोसाइटीका प्रदेश सचीव विमल क्षेत्रीले जानकारी दिएका छ्न् । सो कार्यक्रममा पोखरा लगायत गण्डकी प्रदेशका विभिन्न जिल्लाका अस्पतालहरुमा कार्यरत रेडियोग्राफी स्वास्थ्यकर्मीहरु एवं जिल्ला प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
सम्बन्धित खबर
वालिङ्बाट लागूऔषधसहित पोखराका गुरुङ पक्राउ
राष्ट्रिय मगर एकता दिवसमा स्याङ्जाका आठ पालिकामा सार्वजनिक बिदा
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो