चितवन : आफुलाई भष्ट्रचार विरोधी अभियनता भनेर चिनाउने गरेका ज्ञानेन्द्र बहादुर शाही उर्फ ज्ञानेन्द्र शाही माथि चितवनमा भएको आक्रमणबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट वाइसिएल चितवनले आफ्नो धारणा सार्वजनिक गरेको छ।
वाइसिएल चितवन अध्यक्ष ईश्वर रेग्मीले शाहीलाई चितवनवासीले सम्झाएर पठाएको बताएका छन्। रेग्मीले गणतन्त्रविरोधीलाई चितवनवासीले मन नपराउने हुँदा यो दुःखद घटना भएको बताए। शाही गणतन्त्रवादी युवाहरुको निशानीमा परेको उनको दाबी छ। ‘चितवन सचेत नागरिक बस्ने जिल्ला हो। यहाँका जनताले छिटो रियाक्ट गर्छन्,’ उनले भने, ‘गणतन्त्रविरोधिलाई मन पराउँदैनन्, त्यसैको उपज हो उनिमाथिको आक्रमण।’
अध्यक्ष रेग्मीले शाहीमाथिको आक्रमणमा नेकपा निकटका कुनै संगठनको संलग्नता नरहेको दावी गरेका छन्। बिनाप्रमाण आफुलाई मन नपर्ने व्यक्तिलाई भ्रष्टाचारी भन्ने, गालीगलौज गर्ने, चेतावनी दिने, मानमर्दन गर्ने लगायतका गतिविधि गर्ने छुट शाहीलाई नरहेको रेग्मीको भनाइ छ। उनले भने, ‘हामी पनि भ्रष्टाचारको विरोधी हांै, समृद्धि, सम्मुनत विकसित नेपालका लागि लड्छौँ तर जसलाई जे मन लाग्यो त्यही गर्दै, बोल्दै हिँड्ने अधिकार कसैलाई छैन।’ उनले यो घटना दुःखद् भएको टिप्पणी गरेका छन्।
यद्यपि, सार्वजनिक स्थानमा एक व्यक्तिले तथानाम बोल्दै हिड्दा नजिकै भएका एक अर्का भद्र व्यक्तिले दुई झापड हानेर घर लखेट्ने काम गर्दा सही नै हुने जिकिर उनले गरे ।
सम्बन्धित खबर
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो