झापा– प्रहरीले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले लुकाएर राखेको विस्फोटक पदार्थ बरामद गरिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनी समेतको टोलीले झापाको अर्जुनधारा नगरपालिका–१ मा एउटा घरमा लुकाएर राखिएको अवस्थामा ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद गरेको जनाइएको छ ।
अर्जुनधारा नगरपालिका–१ शान्तिटोलका ६० वर्षीय लेखनाथ मिश्रको घरमा भण्डारण गरेर राखिएको अवस्थामा करिब २५ किलो विस्फोटक पदार्थ (हाइ एक्सप्लोसिभ एनईओ जेल–९०) बरामद भएको प्रहरी स्रोतले जनाएको छ ।
गत भदौ ३० गते विप्लव समूहका झापा जिल्ला सेक्रेटरी प्रविण मिश्रसहित ३ जना पक्राउ परेपछि उक्त विस्फोटक पदार्थ पत्ता लागेको प्रहरीले जनाएको छ ।
विप्लवका झापा जिल्ला सेक्रेटरी प्रविणले भारतबाट किरा मार्ने औषधि ल्याएको भन्दै आफ्ना नातेदार लेखनाथ मिश्रको घरमा राखेर गएका थिए ।
किरा मार्ने औषधि भनिएको पदार्थ राखेर गएको लामो समयसम्म पनि प्रविणहरु नआएपछि लेखनाथको पदार्थले उक्त पदार्थ केही दिन अगाडि मात्रै घर अगाडिको बारीमा खाल्डो खनेर गाडेको थियो ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु