एनएमबीले ओमलाई गाभेपछि ओमका सिइओ अधिकारीसहित अधिकांश कर्मचारी हटाइए !

एनएमबीले ओमलाई गाभेपछि ओमका सिइओ अधिकारीसहित अधिकांश कर्मचारी हटाइए !

om-nmb-merger

पोखरा । एनएमबी बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक मर्ज भएर आइतबारदेखि नै एकीकृत सेवा सुरु गरिसकेको छ । एनएमबीको साउन २८ गते बसेको साधारणसभाले ओम डेभलपमेन्ट बैंकलाई गाभ्ने निर्णय गरेको थियो । राष्ट्र बैंकबाट अन्तिम स्वीकृतिपछि एनएमबी बैंकको नामबाट संयूक्त कारोबार सुरु भएको छ । एनएमवि बैंकले ओमका सिइओसहित अधिकांश कर्मचारीलाई बिदाई गर्दै गरेको समाचार बैंकिङ खबर डटकमले प्रकाशित गरेको छ ।

अब विकास बैंकको सूचीबाट अर्को ठुलो राष्ट्रिय स्तरको विकास बैंक घटेको छ । ओम डेभलपमेन्ट बैंकका सिइओ विश्वमोहन अधिकारी सहित अधिकांश कर्मचारी बाहिरिएका छन् । उनीहरुलाई एनएमबी बैंकले अस्वीकार गर्दै बिदाईको तयारी गरेको न्यूज छ ।

लामो समय बैंकिङ क्षेत्रमा रहेका ओृमका सिइओ अधिकारीले डेपुटी सिइओ पनि नपाएपछि एनएमबिमा नजाने भएका हुन् । उनको बैंकिङ करीयरमा पूर्णविराम लाग्ने संकेत देखिएको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको ओम डेभलपमेन्ट बैंक अब पूर्ण रुपमा विलय भएको छ । अन्य कतिपय कर्मचारीलाई दुई तह र कसैलाई एक तह तल्लो स्तरमा झार्ने एनएमविको निर्णय ओमका सबैजसो कर्मचारीले अस्वीकार गरेका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ