पोखरा । पोखराको ओम डेभलपमेन्ट बैंक एनएमबी बैंकसंग गाभिएसंगै गण्डकी प्रदेशकै धेरै शाखा भएको बैंक बन्न सफल भएको छ । दुबै बैंक गाभिएपछि ११ अर्ब ५३ करोडको चुक्ता पूँजी भएको बैंकले आइतबार घटस्थापनादेखि एकिकृत कारोवार सुरु गरेको छ ।
कुल पूँजी २० अर्ब १५ करोड पु¥याएको उक्त बैंकको शनिबार बेलुका पोखरामा आयोजित एक समारोहका बिच एकिकृत कारोवारको शुभारम्भ गरिएको हो । मर्ज पश्चात बैंकको नाम एनएमबि बैंक लि. र मुख्य कार्यालय एनएमबी भवन, बबरमहल काठमाण्डौं रहने बैंकले जनाएको छ । यसअघि नै एनएमबि मर्जर समिति संयोजक प्रदीपराज पाण्डे र ओमका मर्जर समिति संयोजक योगेन्द्रलाल श्रेष्ठले बैंक मर्जर सहमतिपत्रमा हस्ताक्षर गरिसकेका थिए ।
मर्जर पश्चात ३९ वटा शाखा सहित गण्डकी प्रदेशमा सबै भन्दा बढी शाखा संचालन भएको बैंकको रुपमा स्थापना भएको छ । बैंकका देशभर १ सय ६३ वटा शाखा, एटिएमहरको सञ्जाल १ सय २८ र एक्सटेन्सन काउण्टरको सङख्या ५ पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए । हाल एनएमबिका अध्यक्ष, सिइओ र संचालक समिति रहने र ओमको मुल्याङकन भने ७६ प्रतिशतले हुने भएको सिइओ केसीले जनाए ।
सन २०१७ र सन २०१८ मा द बैंकर, फाइनान्सियल टाइम्स, वेलायतबाट बैंक अफ द इयरको उपाधि प्राप्त गर्न सफल बैंकले उर्जा, कृषि, उद्योग, पर्यटन लगायतको क्षेत्रमा लगानी गर्दै आएको छ । नेदरल्याण्डस् फाइनान्सेरिङ माट्सचाप्पिज भुर ओन्टविककेलिङस् ल्याण्डेन एन.भि.(एफ.एम.ओ.), कर्मचारी संचयकोष लगायतका समेत लगानी रहेको बैंकले जनाएको छ ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले एनएमबि बैंकको एकिकृत कारोवारको शनिबार बेलुका शुभारम्भ गर्दै परियोजना हेरेर कर्जा लगानी गर्न बैंक तथा विक्तिय संस्थालाई आग्रह गरेका छन्।
नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा.डिल्लीराम पोख्रेलले गण्डकी प्रदेशमा हाल सय ८४ वटा स्थानमा बाणिज्य बैंक पुगेको बताउदै अझै पनि एक स्थानिय तहमा बाणिज्य बैंक पुग्न नसकेको जनाए । बैंक तथा विक्तिय संस्थाहरुलाई २५ प्रतिशत लगानी उत्पादनशिल क्षेत्रमा गर्न राष्ट्र बैंकले दिएको निर्देशनलाई प्रदेशमा भने १८ प्रतिशत मात्र उत्पादनशित क्षेत्रमा लगानी भएको उनले जनाए ।
संयुक्त मर्जर समितिका सदस्य राजेन्द्र बाटाजुले आफ्ना ओमका ४ सय ४३ जना कर्मचारी एनएमबी बैंक मर्ज भएसंगै बैंकमा ब्याबस्थापनको जिम्मा दिएको बताए । ओमका अध्यक्ष शुशिल कुमार गोसलीले शुसासन, ग्राहकहरुको मन जित्ने कर्मचारी आत्मियताको कारणले गर्दा आफुहरु यो स्थानमा आउन सफल भएको दाबी गरे । २ लाख ६८ हजार ग्राहकबाट २५ अर्ब निंक्षेप र २२ अर्ब कर्जा लगानी भएको उनले बताए ।
कार्यक्रममा अध्यक्ष गोसेली, सिइओ केसी लगायतले बैंकको तर्फवाट अपाङ्ग मैत्री समाज कास्कीलाई २ लाख रुपैयाँको चेक सहयोग स्वरूप हस्तान्तरण गरे । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न सहयोग गर्दै आएको बैंकले जनाएको छ ।
एनएमबि बैंकका संचालक राजेन्द्र काफ्लेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा एफ.एम.ओ का प्रतिनिधि , पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी लगायतले वोलेका थिए ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम