कुटपिटका कारण दुर्गादत्त ढकालको मृत्यु

कुटपिटका कारण दुर्गादत्त ढकालको मृत्यु

kutpit-620×330

सांकेतिक तस्विर

गुल्मी। झगडाका क्रममा कुटपिट गरेपछि गुल्मीमा एक जनाको मृत्यु भएको छ। कालिगण्डकी गाउँपालिका–६ खड्गकोटका ६४ वर्षीय दुर्गादत्त ढकालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताए।

सोहि ठाउँ निवासी ४५ वर्षीय टोपबहादुर सार्कीले शनिबार साँझ आपसी झगडामा ढकाललाई कुटपिट गरि घाइते बनाएका थिए । घाइते ढकालको स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लैजाने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । घटनामा संलग्न टोपबहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ