धादिङ बस दुर्घटनाका ४ जना घाइतेको सेनाको हेलिकोप्टरबाट उद्दार

धादिङ बस दुर्घटनाका ४ जना घाइतेको सेनाको हेलिकोप्टरबाट उद्दार

Dhading_bus_accident_rescue-

धादिङ– धादिङको नीलकण्ठ नगरपालिका–१३ मा यात्रुवाहक बस दुर्घटनामा परी गम्भीर घाइते भएका ४ जना यात्रुको सेनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको छ ।नेत्रावती गाउँपालिकाको सेमजोङबाट धादिङबेसीतर्फ आउँदै गरेको बा ४ ख ५७९३ नम्बरको बस नीलकण्ठ नगरपालिकाको कैरौंजा गाउँमा दुर्घटनामा परेर घाइते भएका ५ जनामध्ये ४ जनाको सेनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको हो ।

गम्भीर घाइते ४ जनाको जिल्ला अस्पताल धादिङबेसीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको छ । ७ जना यात्रु रहेको बस पल्टिर धान खेतमा खसेको थियो । प्रहरीका अनुसार सहचालकले चलाएका कारण बस दुर्घटना परेको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds