नाइजेरियाको कादुनामा एक इस्लामिक विद्यालयमा बर्षौंसम्म यातना र बलात्कार गरेर राखिएका ३०० भन्दा बढी विद्यार्थीहरूलाई बिहीवार मुक्त गरिएको छ । धेरै विद्यार्थीहरूलाई सिक्रीले बाँधेर राखिएको थियो र तीमध्ये अधिकांश बालबालिका थिए । उनीहरूले आफूलाई यौन दुर्व्यवहार गरिएको, भोकभोकै राखिएको र त्यो ठाउँ छोडेर जान नदिइएको बताए ।
प्रहरीले बिहीवार उक्त यातनागृहमा छापा मारेर बन्दीहरूलाई मुक्त गरेको थियो । उनीहरूलाई कुरान सिकाउने र सुधार गर्ने नाममा अत्यन्तै अपमानजनक र अमानवीय अवस्थामा राखिएको एक प्रहरी प्रवक्ताले बताए ।उनीहरूको ढाडमा डरलाग्दा दाग थिए अनि उनीहरूको हात र गोडामा सिक्री बाँधिएको थियो ।
कादुनाको प्रहरी प्रमुख अली जांगाले यो दासताको मुद्दा भएको र आफूहरूलाई स्रोतले खबर गरेपछि छापा मार्न गएको बताए । बुर्किना फासो, माली र अन्य अफ्रिकी मुलुकका पुरुष विद्यार्थीहरूलाई त्यहाँ राखिएको थियो ।
पीडितहरू वयस्क र बालक दुवै थिए ।उक्त विद्यालय एक दशकदेखि सञ्चालनमा छ । विद्यार्थीका परिवारका मानिसले उनीहरूलाई कुरान पढ्न अनि लागूऔषध दुर्व्यसन र अन्य रोगबाट मुक्त गराउन त्यहाँ राखेको प्रहरीको भनाइ छ ।छापा मार्ने क्रममा विद्यालय सञ्चालक तथा ६ कर्मचारीलाई पक्राउ गरिएको छ ।
एजेन्सी
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम