मोदीले राष्ट्रसंघमा पुगेर भनेः ‘भारतले विश्वलाई युद्ध होइन बुद्ध दिएको छ’

मोदीले राष्ट्रसंघमा पुगेर भनेः ‘भारतले विश्वलाई युद्ध होइन बुद्ध दिएको छ’

Modi

मोदीले भारतले विश्वलाई बुद्ध दिएको बताएर पुनः एकपटक बुद्ध भारतकै रहेको दाबी गरेका छन् । भारतले बेला बेलामा बुद्धबारे विश्वमाझ विवादास्पद अभिव्यक्ति दिने गरेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा भारतले विश्वलाई युद्ध नभई ‘बुद्ध’ दिएको बताएका हुन् ।

मोदीले सम्बोधनको क्रममा भने, ‘हामी त्यो देशका बासिन्दा हौँ जुन देशले विश्वलाई युद्ध होइन बुद्ध दिएको छ । विश्वलाई शान्तिको सन्देश दिएको छ ।’ मोदीले सम्बोधनको क्रममा पाकिस्तानको नाम नै नलिएर आक्रमण गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds