सरकारले यस्तो महंगी बढायो, जनताले दशैं कसरी मान्ने ?: देउवा

सरकारले यस्तो महंगी बढायो, जनताले दशैं कसरी मान्ने ?: देउवा

sher-bahadur-deuba

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महंगी नियन्त्रण गर्न सरकार असफल भएको बताएका छन्। शनिबार काठमाडौंमा पार्टीले आयोजना गरेको वडा दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले भने, ‘जनताले दशैंका सामान किनमेल गर्नसमेत नसक्ने गरी महंगी बढेको छ। सरकाले नै महंगी बढायो।’

सरकारले जनतालाई कर थुपार्ने काम मात्रै गरेको देउवाको आरोप छ। सरकारबाट जनता, उद्योगी, व्यवसायी कोही पनि खुसी नभएको भन्दै देउवाले सरकारबाट सबै आजित भइसकेको बताए। ‘ओली सरकार असफल भइसक्यो,’ उनले भने, ‘सरकारले जनहितमा काम गर्न सकेको छैन। यति महंगी बढेको छ कि जनताले दशैं खर्चसमेत धान्न सक्ने अवस्था छैन।’ सरकारको ध्यान प्रजातन्त्रविरोधी कानुन बनाउनेतिर रहेको देउवाको आरोप छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds