चितवन । भ्रष्टाचारसँगै सरकार विरुद्ध उग्र रुपले अभियान चलाएका ज्ञानेन्द्र शाही कुटिएका छन् । ‘नेपालका लागि नेपाली’ अभियानका शाहीमाथि चितवनमा निर्घात कुटपिट भएको हो । उनलाई प्रहरीले तत्काल उद्धार गर्दा जोगिए ।
चितवनको चौबिसकोठीमा खबरदारी सभा राखेकोमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्वद्ध विद्यार्थीहरुले अवरोध गरेका हुन् । चर्चित सञ्चारकर्मी रवि लामिछाने चितवनमा प्रहरी हिरासतमा हुँदा हप्ता दिनसम्म सो ठाउँ तनावग्रस्त बनेको थियो । त्यसैबेला ज्ञानेन्द्र शाही समेत पुगेर माहौल तताएका थिए । मन्त्री योगेश भट्टराई प्लेन चढ्न १५ मिनेट ढिलो भएको घटनामा सरकार विरुद्ध माहौल बनाउने कार्यमा ज्ञानेन्द्र शाही सफल भएका थिए । त्यस घटनापछि ‘नेकपाका अरिंगाल’ खनिन्छन् भन्दै सामाजिक सञ्जाल तातेको थियो ।
चितवनमा ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रममा अवरोध भए लगत्रै शाहीमाथि कुटपिट भएको हो । चौबिसकोटीस्थित होटल ग्लोबलबाट निस्किएर गाडी चढेका उनीमाथि कुटपिट भएको जनाइएको छ । उक्त समूहले शाही चढेको गाडीमा समेत तोडफोड गरेको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पनि नियन्त्रणमा लिएको छ ।
सम्बन्धित खबर
सामाजिक सञ्जालमा अराजकता स्वीकार्य छैन: प्रधानमन्त्री ओली
विश्वको प्रदूषित शहर सूचीमा चौथो स्थानमा नेपालको राजधानी काठमाडौं
सवारी चालक अनुमतिका लागि उमेर हद बढाउने तयारीः बाइक, स्कूटर चलाउन १८ वर्ष
राराको डाँफे होटलमा आगलागी
घाँस काट्न गएका युवक र युवती जङ्गलमा मृत फेला
बदली, वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम