७० वर्षभन्दा माथिका सबै नागरिकलाई हवाई भाडामा छुट नपाउने

७० वर्षभन्दा माथिका सबै नागरिकलाई हवाई भाडामा छुट नपाउने

tribhuvan airpot

काठमाडौं– ७० वर्ष भन्दा माथिका सबै नागरिकले आन्तरिक उडानमा छुट नपाउने भएका छन् । यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिका सबै नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुटको घोषणा गरेका थिए तर वायुसेवा कम्पनीहरुले भने सबै नागरिकलाई मन्त्रीले भनेजस्तो छुट दिन नसकिने बताएका छन् ।

वायुसेवा सञ्चालक संघको विहीवार बसेको बैठकले आन्तरिक उडानका सबै यात्रुलाई नभएर विपन्न जेष्ठ नागरिकलाई मात्र भाडामा ५० प्रतिशत छुट दिन सकिने निर्णय गरेका छन् ।

उनीहरुले हवाई भाडाको सबैभन्दा माथिल्लो दरबाट लागू हुने गरि र ठूला विमानस्थलमा प्रतिदिन २ जना विपन्न जेष्ठ नागरिकलाई मात्र यो सुविधा उपलव्ध गराउने भएका हुन् ।

साना विमान कम्पनीहरुले भने एक दिनमा एक जना विपन्न नागरिकलाई मात्र यस्तो छुट दिने भएका हुन् । बैठकले यस्तो छुट घटस्थापना दिनबाट मात्र दिने निर्णय गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds