कास्कीको कास्कीकोटका १९ वर्षिय सफल कुँवर ५ वर्ष देखि फुटबल खेल्दै आएका थिए । उनलाई राम्रो फटबल खेलाडी बन्ने सपना थियो । जहाँ फुटबल खेल प्रतियोगिता आयोजना हुन्थ्यो उनि त्यहाँ खेल्न पगिहाल्थे ।
गत बैशाख २१ गते पनि उनि साथीहरुसँग पोखराको जैमुरेमा फुटबल खेल्न गए । खेल सुरु भएको २ मिनेटमा नै उनको पोटमा रहेको बललाई क्लियर गर्ने क्रममा आफ्नै टिमको साथीले उनको पेटमा हाने । सफलले केहि थाहा पाएनन् । खेल्न नसकेपछि उनि मैदानबाट बाहिरिए । साह्रै दुख्यो भन्दा उनलाई साथीहरुले नाटक गरेको भने । खेल नसकिदा सम्म उनि घर आउन पाएनन् ।
साथीहरुले घर ल्याएर छोडेपछि पनि निरन्तर दुखाई भएपछि उनि उपचारका लागि फिस्टेल अस्पताल गए । त्यहाँ गएपछि थाहा भयो उनको आद्रा ३ ठाउँमा चुडिएको रहेछ । उनको अप्रेसन भयो । आयोजक र अरु साथीहरुले राम्रो व्यवहार नगरेको सफलकी आमाले बताउनुभयो । अहिलेसम्म सफलको उपचारको लागि ९ लाख ३५ हजार बढि खर्च भईसकेको छ । अझै ८/१० लाख खर्च लाग्ने जनाइएको छ । सफलकी आमाले डोकोमा फलफुल बेचेर गर्दै आएको काम पनि अहिले राम्रोसँग गर्न सकेकी छैनन् । छोरो बिरामी भएपछि उनी डोकोमा फलफुल बेच्न जान पनि छोडेकी छन् ।
आर्थिक अवस्था कमजोर भएकी कारण सफलको उपचार नहुनेहो की भन्ने चिन्ता उनलाई छ । आफ्नो छोराको उपचारमा सहयोग गरिदिन उनले सबैलाई अपिल गरेकी छन् ।
https://youtu.be/xVU4G8ZVh2o
सम्बन्धित खबर
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो