काठमाडौं ।कैलालीको गौरीगंगा नगरपालिका–५ का २५ वर्षीय रामबहादुर कलेल आफ्नी तीन वर्षीया छोरी अनुष्कासहित दाइको घरमा गए । घरमा सुख–दुःखका कुरा भए । साँझ ८ बजे रामबहादुर र उनकी छोरी अनुष्काले दाजुुकै परिवारसँग बसेर खाना खाए ।
खाना खाइसकेपछि छोरी अनुष्कालाई लिएर रामबहादुर सुत्नका लागि कोठामा गए । मध्यरातमा कोठाबाट कोही कराएको आवाज आयो । कोठाबाट आवाज आएपछि परिवारका सदस्यले ढोका खोल्ने प्रयास गरे । तर, ढोका भित्रबाट लगाइएको थियो । त्यसपछि उनीहरुले बल प्रयोग गरेर ढोका खोले ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतका अनुसार कोठामा तीन वर्षीय अनुष्का मृत थिइन् भने रामबहादुर छटपटाइरहेका थिए । रामबहादुरलाई तत्काल अस्पताल लगियो । तर, उनको पनि बाटोमै मृत्यु भयो ।
प्रारम्भिक अनुसन्धानका क्रममा रामबहादुरले छोरीलाई सल्पास नामक विषादी खुवाएर आफूले पनि सेवन गरेर आत्महत्या गरेको खुलेको छ । २५ वर्षीय रामबहादुर पसल गर्दै आएका थिए । गत वैशाख १६ गते रामबहादुर कलेलकी श्रीमती सरिता कलेलले समेत कोठामै झुण्डिएर आत्महत्या गरेकी थिइन् । श्रीमतीले आत्महत्या गरेपछि रामबहादुरविरुद्ध माइती पक्षले आत्महत्या दुरुत्साहनको मुद्दा हालेका थिए । दुरुत्साहन मुद्दामा जेठ २६ गते जिल्ला अदालत कैलालीले कलेललाई पुर्पक्षका लागि जेल चलान गरेको थियो ।
डीएसपी बस्नेतका अनुसार साउन २२ गते अदालतले निर्दोष ठहर गरेपछि कलेल छुटेका थिए । छुटेको झण्डै डेढ महिनापछि रामबहादुरले छोरीसहित आत्महत्या गरेका हुन् । डीएसपी बस्नेतले आत्महत्याको कारण खुल्न नसकेको बताए । रामबहादुरले श्रीमतीको आत्महत्यापछि विरक्तिर आफूले समेत आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु