५९ हजारले लिए अग्रिम टिकट

५९ हजारले लिए अग्रिम टिकट

ticket dashai

काठमाडौं — काठमाडौंबाट बाहिर जान बिहीबारसम्म करिब ५९ हजार यात्रुले अग्रिम टिकट बुकिङ गरिसकेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ  । चाडपर्वलाई लक्षित गरेर महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन सुरक्षा योजना सञ्चालन गरेको छ  ।

महाशाखाले असोज ५ देखि ८ सम्म गरेको अनुगमनमा बढी भाडा लिएका ९८ सवारीसाधन तथा चालकलाई कारबाही गरेको जनाएको छ । अग्रिम टिकट बुकिङ खुलेसँगै यातायात व्यवस्था विभाग, ट्राफिक महाशाखाको सहकार्यमा सुरु भएको नागरिक सहायता कक्षमा ८ जनाको गुनासो परेको छ ।

टिकट नपाएको, टिकटमा लेखिएको गाडी र चढ्ने गाडी फरक परेको, बढी भाडा लिएको, टिकट काटेको यात्रुलाई नलिई गएको लगायत गुनासो हेल्प डेस्कमा आएको महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ