दशैंका लागि नयाँ नोटको सटही शुरु, एक जनाले कति र कहिले सम्म साट्न सकिन्छ ?

दशैंका लागि नयाँ नोटको सटही शुरु, एक जनाले कति र कहिले सम्म साट्न सकिन्छ ?

new-note

काठमाडौं– नेपाल राष्ट्र बैंकले असोज १० गते अर्थात् आजदेखि दशैंका लागि नयाँ नोट वितरण शुरु गरेको छ । राष्ट्र बैंकले यसअघि नै सूचना जारी गर्दै दशैंका लागि नयाँ नोट दिने मिति सार्वजनिक गरेको थियो । केन्द्रीय बैंकका अनुसार दशैँका लागि एक जना व्यक्तिले १८ हजार ५ सय रुपैयाँ बराबरका मात्रै नयाँ नोट पाउनेछन् ।

एक जनाले पाँच, दश, बीस, पचास र एक सयका एक–एक बन्डलका दरले १८ हजार ५ सय रुपैयाँ बराबरका नोट साट्न पाउने राष्ट्र बैंकले जनाएको छ ।

काठमाडौँमा राष्ट्र बैंकसहित सबै सरकारी बैंकका शाखा र नीजि बैंकका शाखासमेतबाट नयाँ नोट लिन सकिने छ ।

उपत्यकाबाहिर भने राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग नेपालगञ्ज, पोखरा, धनगढी, विराटनगर, वीरगञ्ज, सिद्धार्थनगर र जनकपुरबाट नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । दशैंका लागि नयाँ नोट साट्ने अवधि असोज १७ गतेसम्मका लागि हुने छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds