पोखरामा पावर लिफ्टीङ्ग प्रतियोगिता हुने

पोखरामा पावर लिफ्टीङ्ग प्रतियोगिता हुने

Power-Lifting-News-750×375

पोखरा । पोखरामा आयोजना हुने प्रथम ‘क्लब स्तरिय पुरुष तथा महिला पावर लिफ्टीङ्ग प्रतियोगिता–२०७६’ को तयारी अन्तिम चरणमा पुगेको छ । स्पोर्टस् क्यासल प्रा.लि कास्कीले “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारा सहित आगामी १३ गते सोमबार आयोजना गर्ने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बिहिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

प्रतियोगिता संयोजक तथा स्पोर्टस क्यासलका युवा सञ्चालक अनमोल पालिखेले आगामी (असोज ) १३ गते क्यासलमै उक्त प्रतियोगिता सम्पन्न गर्न गइरहेको जानकारी दिए । उनले पुरुष तर्फ ५ र महिला तर्फ २ तौल समुह गरी ७ तौल समुहका खेलाडी बिच पावर लिफ्टीङ्ग प्रतियोगिता सञ्चालन गरिने बताए । उनका अुनसार पुरुष तर्फ यु– ६१ केजी , ६१–७३, ७३–८९, ८९–१०२, १०२–१०९ र महिला तर्फ ६४ केजी मुनी र माथीका खेलाडी बिच प्रतिस्पर्धा हुनेछ ।

उनले सो प्रतियोगिताबाट ओभरअल च्याम्पियन बन्ने पुरुष तथा महिला खेलाडीलाई जनही २० हजार, ट्रफी, प्रमाणपत्र तथा आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने बताए । संयोजक पालिखेले पुरुष तथा महिला तर्फ प्रत्येक तौल समुहमा प्रथम हुनेले नगद ५ हजार रुपैया, ट्रफी, मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछ भने द्धित्तीय र तृतीय हुने खेलाडीले क्रमश मेडल, प्रमाणपत्र सहित ३ हजार र २ हजार हात पार्ने बताए । उक्त प्रतियोगितामा पोखरा बाहिरक क्लबबाट करिब ५० बढि खेलाडीको सहभागिता रहने उनले जानकारी दिए ।

त्यस्तै क्यासलका अर्का सञ्चालक तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी ईश्वर गुरुङ (चन्द्र) ले खेलकुद क्षेत्रको प्रबद्र्धन गर्ने लक्ष्य सहित सो प्रतियोगिता आयोजना गरेको बताए । उनले स्थानीय तहबाट नै खेलाडिहरु उत्पादन तथा प्रोत्साहन गरी राष्ट्रिय, अन्र्तराष्ट्रिय स्तरसम्मको प्रतियोगिताहरुमा खेलाडिहरुलाई समावेश गरी राष्ट्रको पहिचान जगाउने उद्देश्य रहेको बताए ।

उनले आफ्नो क्यासलको पहिलो कार्यक्रममको रुपमा पावर लिफ्टीङ्ग प्रतियोगिता आयोजना गर्न गैरहेको बताउदै खेलाडीहरुको हौसलाका लािग आगामी दिनमा ब्यायामसँग सम्बन्धित प्रतियोगिताको अयोजना गर्ने समेत जानकारी दिएका थिए । अन्र्तराष्ट्रिय स्तरको फुटसल, व्यायामशाला, साउना एण्ड स्टीम, पावर लिफ्टीङ्ग, प्रशस्त पार्किङको सुबिधा रहेको उक्त क्यासलमा ८ युवाको संयुक्त लगानी रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds