व्यासको वडा नम्बर १० मा बजार अनुगमन हुने

व्यासको वडा नम्बर १० मा बजार अनुगमन हुने

Bazar Anugaman Sample Pic
तनहुँ । व्यास नगरपालिका वडा नं. १० ले आफ्नो वडामा रहेका पसलहरुको अनुगमन गर्ने भएको छ ।
व्यास नगरपालिका वडा नं. १० का वडा अध्यक्ष तुलसिराम सापकोटाको अध्यक्षतामा वडा स्तरीय अनुगमन टोलीको बिहीबार बसेको बैठकले वडामा रहेको बजारको अनुगमन गर्ने निर्णय गरेको हो ।
वडा अध्यक्ष सापकोटाले वडामा रहेका पसल, उद्योग धन्दा माछा मासु पसल उद्योग लगायतका क्षेत्रहरुको अनुगमन गरिने बताए ।
ब्यास नगरपालिका वडा नं. १० ले वडा स्तरी अनुगमन टोली समेत गठन गरेको छ ।
समितिको संयोजकमा वडा अध्यक्ष सापकोटा रहेका छन् भने सदस्यहरुमा वडा सदस्य लक्ष्मि परियार, पत्रकार महासंघ तनहुँका सचिव उज्वल पौडेल, तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष यज्ञ शर्मा,उपभोक्ता मञ्चको तर्फबाट ऋषिराम ढुङ्गाना, टोल विकास संस्थाहरुको तर्फबाट शान्तिनगर टोल विकास संस्थाका अध्यक्ष प्रमेराज मिश्र, शुरक्षा निकायको तर्फबाट कलेस्ति प्रहरी चौकीका प्रतिनिधि सदस्य रहेका छन्  ।
समितिको सदस्य सचिवमा वडा सचिव पुष्पराज अचार्य रहेका छन् । समितिले वडामा कालोबजारी भए नभएको,मापदण्ड अनुसार पसल संचालन भए नभएको लगायतको अनुगमन गरी नियम विपरीत काम गर्नेलाई कारवाही समेत गर्न सक्ने  सदस्य सचिव आचार्यले बताए ।
व्यास नगरपालिकाको वडा नं. १० मा पहिलो पटक वडाबाट  अनुगमन टोली गठन गरि बजार अनुगमन गर्न लागिएको हो ।
बजार अनुगमनले  बजारमा स्वच्छता कायम गर्न सहज हुने वडा सदस्य सुर्यराज मिश्रले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ