बुटवल – पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दल तथा नेताहरुले आफ्नो आचरण सुधार गर्नुपर्ने बताएका छन्। रुपन्देहीस्थितमा सुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीभित्रै हुने अनावश्यक टिकाटिप्पणीले कसैलाई हित नगर्ने बताए । ‘जातिवित्ति नकारात्मक टिप्पणी भएको छ, यसले कसैलाई हित गर्दैन’, प्रचण्डले भने,‘राजनीतिक दल तथा नेताहरुमा सुधार समेत आवश्यक रहेको छ, हामी कम्युनिस्ट बडाहाकिम जस्तै भयौं, हामी पञ्चायतकालीन बडाहाकिम कि अरु भन्नेमै अन्योल छ, त्यसैले बडाहाकिम शैली फेरौं।’
निजी क्षेत्रलाई नाफा कमाउने सुरक्षा र स्वतन्त्रता भएकै कारण चीन, भारत, सिंगापुरको विकास सम्भव भएको भन्दै उनले त्यो वातावरण अब नेपालमा बन्ने विश्वास गरे। विगतमा निरकुंश व्यवस्थाका कारण मुलुक आर्थिक रुपमा कमजोर भए पनि अब पनि मुलुक समृद्धितर्फ जाने प्रचण्डको भनाई छ। ‘२४० वर्षको शैली परिवर्तन गर्न कठिन छ, ढेड वर्षमै सम्भव पनि हुँदैन’, उनले भने,‘टिकाटिप्णी मात्रै गरेर अराजकता निम्त्याउनु हुदैन।’
सम्भावनै सम्भावना भएको रुपन्देहीमा लगानीको वातावरण बन्दै गएकोसमेत प्रचण्डले प्रष्ट पारे। उनले शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा अत्याधिक पर्यटक भित्रिने दाबी गरे। त्यस्तै यही कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले लगानीको वातावरण नै नभएको भन्नु सत्य नभएको दाबी गरे। कैयौं कानुन परिमार्जन गरेर नीतिगत सुधारहरु सरकारले गरिरहेको उनको भनाई छ। प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरलले पनि यही सम्मेलनमा प्रदेशमा लगानीमैत्री वातावरण बन्दै गएको प्रष्ट पारे। प्रदेशमा तिव्र गतिमा पुर्वाधारको विकास भइरहेको बताउँदै यसले लगानीकर्तालाई उत्साह थप्ने विश्वास उनको छ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु