म्याग्दी- धवलागिरी गाउँपालिका–५ मल्कवाङमा बुधबार करेन्ट लागेर एक जनाको मृत्यु भएको हो भने अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको मिस्त्रीखोलामा खसेर एक जना बेपत्ता भएका हुन् ।म्याग्दीमा भएका छुट्टाछुट्टै घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
बिजुलीको पोलमा चढेको बेला आकस्मिकरूपमा विद्युत् आपूर्ति हुँदा करेन्ट लागेर मल्कवाङका ५१ वर्षीय पदमबहादुर छन्त्यालको मृत्यु भएको स्थानीयवासी बालकुमार सुनारले जानकारी दिए । बल्वको होल्डर फेर्नका लागि छन्त्याल पोलमा चढेका थिए ।
निलगिरि र रेलेखोलाको दोभानको जङ्गलमा अरिङ्गाल पोल्न जाने क्रममा पर्वतको जलजला गाउँपालिका–५ शालीजाका भविन्द्र गर्बुजा मिस्त्रीखोलामा बेपत्ता भएका हुन् । मिस्त्रीखोलामा काठको फड्के हालेर जङ्गलतर्फ जाने क्रममा गर्बुजा खोलामा खसेर बेपत्ता भएका जिसस सदस्य मेखबहादुर गर्बुजाले जानकारी दिए ।
खोलामा राखिएको फड्के बगाएपछि फसेका तीन जनालाई नेपाली सेनाको श्रीबक्स गुल्मको नारच्याङ बेसक्याम्पका सैनिक र मिस्त्रीखोला जलविद्युत् आयोजनाको सहयोगमा राति उद्धार गरिएको जिसस सदस्य गर्बुजाले बताए ।
बेपत्ता गर्बुजा निर्माणाधीन ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाको ठेकेदार कम्पनी हाइ हिमाल कन्ट्रक्सनका मजदूर हुन । उनको खोजी जारी छ ।
प्रतिकारात्मक चिन्ह
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु