खगित्राले जन्माइन् चारजना शिशुहरू, चिकित्सक भन्छन्- दुर्लभ घटना

खगित्राले जन्माइन् चारजना शिशुहरू, चिकित्सक भन्छन्- दुर्लभ घटना

chamlyaha

काठमाडौं–  एकैपटक चारजना शिशुहरूलाई खगित्रा शाहीले बुधवार जन्माएकी हुन् । ती शिशुहरु तीन जना छोरा र एकजना छोरी छन्। आठ महिनाको गर्भपछि शल्यक्रियामार्फत् ती शिशुहरू निकालिएका हुन् । शल्यक्रियामा संलग्न केएमसीका चिकित्सहरूले चम्ल्याहा बच्चा जन्मिनुलाई ‘दुर्लभ’ घटना भएको बताएका छन्। तीन जना शिशुहरूको स्वास्थ्य अवस्था सामान्य रहेको तर एकजनाको अवस्था भने अस्थिर रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

केएमसीकी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा चन्दा कार्कीले ३५ वर्षे अनुभवमा दोस्रो पटक चम्ल्याहा जन्म भएको देखेको बताइन् । यो निकै दुर्लभ अवस्था हो । उनले ‘टेस्टट्युब बेबी’का रूपमा जन्माइने सन्तानका हकमा भने एकभन्दा बढि बच्चाहरू गर्भमा रहन सक्ने बताइन । बुधबार जन्मिएका चम्ल्याहा शिशुहरुलाई विशेष स्वास्थ्य निगरानीमा राखिएको छ । सामान्यतः नवजात शिशु जन्मंदा साढे दुई किलो तौल हुनुपर्ने मानिन्छ।

चम्ल्याहा शिशुमध्ये सबैभन्दा कम एक जनाको तौल ९५० ग्राम छ भने बाँकी तीनको क्रमशः झण्डै १.४ केजी, १.५ केजी र १.६ केजी रहेको चिकित्सकहरूले बताएका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ