काठमाडौं– कृषि विकास बैंकबाट भएको पाँच करोड ह्याकिङमा कैलाश विकास बैंकको संलग्नता देखिएको प्रहरीले दाबी गरेको छ । कृषि विकास बैंकबाट ४ करोड ७३ लाख रुपैयाँ ह्याक गरेर निकालिएको र उक्त रकम विभिन्न स्थानमा पठाइएको पाइएको प्रहरीले जनाएको छ । त्यसमध्ये १५ लाख रुपैयाँ कैलाश विकास बैंकमा गएको प्रहरी अनुसन्धानले देखाएको छ ।
बुधवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा महानगरिय अपराध महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी)सहकुल थापाले भने,‘कृषि विकास बैंकबाट निकालिएको करिब ५ करोड मध्ये १५ लाख रुपैयाँ कैलाश विकास बैंकको मास्टर खातामा ट्रान्सफर भएको देखिएको छ ।’
कृषि विकास बैंकको ह्याक भएको पैसा कसरी कैलाश विकास बैंकमा पुग्यो भन्ने विषयमा थप अनुसन्धान गर्ने र त्यसका लागि नेपाल राष्ट्र बैंकलाई पनि आग्रह गरिने एसएसपी थापाले बताए ।
कृषि विकास बैंकबाट भएको रकम ह्याकिङ प्रकरणमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । जसमध्ये एक जना हुण्डी कारोबारीसमेत रहेका छन् । उनीहरुलाई प्रहरीले बुधबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।
कृषि विकास बैंक ह्याकिङमा भारतमा बस्ने व्यक्तिको संलग्नता देखिएको प्रहरीले जनाएको छ । भारतमा बस्ने ह्याकरले नेपालमा ११ जना एजेन्ट राखेको र ह्याकिङको पैसा उनीहरुको खातामा पठाउने गरेको पाइएको प्रहरी अनुसन्धानमा फेला परेको छ ।
ह्याकरले ५०/५० लाखका दरले उनीहरुको खातामा रकम पठाउने र नेपालमा रहेका व्यक्तिले त्यसको १० प्रतिशत आफूले राखेर बाँकी रकम हुण्डी मार्फत भारत पठाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
आज नेपाली सेनाको दुई सय ६२ औँ स्थापना दिवस, सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह
आज महाशिवरात्रिः भगवान् शिवको पूजा–आराधना गरी मनाइँदै
आज देशभरको मौसम कस्तो रहन्छ?
अडियो काण्ड बाहिरिएपछि विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु
नवलपरासीमा प्रेम विवाहको विषयमा दुई पक्षबीच झडप, १९ जना घाइते
देश विकास हुँदैछ, युवा निराश हुनुपर्दैन: प्रधानमन्त्री
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु