ह्याकरले कृषि विकास बैंकबाट पनि लुटे २ करोड

ह्याकरले कृषि विकास बैंकबाट पनि लुटे २ करोड

haker2

काठमाडौं- कृषि विकास बैंकबाट पनि २ करोड रुपैयाँ लुटेका छन् । यसरी लुटपाटमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले बैंकको सिरहा शाखाबाट काठमाडौंमा ट्रान्सफर गरिएको उक्त रकम लुट्न लाग्दा नियन्त्रणमा लिइएको बताइएको छ।सांकेतिक तस्वीर

प्रहरीले पक्राउ परेकाहरुको नाम गोप्य राखेको छ भने कसरी ह्याक गरी रकम निकालियो भन्नेबारे पनि केही बताएको छैन। तीन जनालाई पक्राउ नियन्त्रणमा लिएको उपत्यका प्रहरी परिसर रानीपोखरीका प्रवक्ता एसएसपी श्माम ज्ञवालीले पुष्टि गरे। प्रहरीले यसअघि पनि चिनियाँ र फ्रेन्च ह्याकरको समूहले झण्डै २ करोड रुपैयाँ विभिन्न बैंकबाट ह्याक गरी निकाल्दै गर्दा महानगरीय प्रहरी परिसरले पक्राउ गरेको थियो। जसमध्ये ५ चिनियाँ र एक फ्रेन्च नागरिकसहित ३ नेपाली पक्राउ परेका थिए। २ चिनियाँ भने अझै फरार छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds