पोखरा । कास्की प्रहरीले अपहरणको झुटो नाटक गर्ने एक पुरुषलाई पक्राउ गरेको छ । आफू अपहरणमा परेको झुटो नाटक गर्ने पोखरा ११ फुलबारी बस्ने ४२ वर्षीय नारायण प्रसाद पौडेललाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो ।
पक्राउ परेका पौडेलले गत शनिबार दिउँसो साढे १ बजे आफू अपहरणमा परेको जानकारी प्रहरीलाई दिएका थिए । उनले अपहरणकारीले रुपन्देही लगी छाडेर भारत तर्फ बोलाएको भनि रुपन्देहीमा आइतबार उजुरी दिएका थिए । उनको उजुरी पश्चात् प्रहरीले आफन्तकोमा फर्र्काएको थियो ।
अनुसन्धानका क्रममा उनी आफैँ रुपन्देही गएको र त्यहाँ गएर उजुरी दिएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपि राजकुमार केसीले जानकारी दिए । लेनदेनको विषयबाट छुटकारा पाउन पौडेलले आफ्नै अपहरणको नाटक गरेको केसीले बताए ।
‘आफुले आर्थिक हिसाब दिन बाँकी रहेका मानिसलाई फसाउनका लागि अपहरणको नाटक गरेको खुल्न आएको छ ।’ डिएसपि केसीले भने । प्रहरीले अहिले यस बारे थप अनुसन्धान गरिरहेको छ ।
गत भदौ २५ गते बिहिबार पनि कास्की प्रहरीले निर्माण व्यवसायी रत्नबहादुर कार्की ‘जीवन’ को अपहरण गरेको आरोपमा एक गिरोह पक्राउ गरेको थियो । साथै आफ्नै श्रीमान्को अपहरणको प्रयास गरेको आरोपमा श्रीमति र एक पुरुषलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
सम्बन्धित खबर
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो