पोखरा ।महेन्द्रपुलमा रहेको पोखरा मोबाइल टावरमा बुधबारदेखि मोबाइल मेला हने भएको छ । नजिकिदै गरेका चाडपर्वको अवसरमा असोज ८ गतेदेखि कार्तिक १७ गते सम्म मेला हुने पोखरा मोबाइल टावर प्रालिले जनाएको छ ।
विजया दशमीको पावन अवसरमा सांगितिक तथा सांस्कृतिक कार्यक्रम समेत गरी मोबाइल एक्सपो तथा मोबाइल मेला आयोजना गर्न लागेको आयोजकले सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
आयोजकले मेलामा सामान खरिद गर्ने मध्ये भाग्यशाली ग्राहकलाई उपहार समेत प्रदान गर्ने भएको छ । उपहार तर्फ प्रत्येक दिन एक जनालाई भित्ते घडी, प्रत्येक हप्ता एक जनालाई १ थान राईस कुकर प्रदान गरिने मोबाइल टावरका अध्यक्ष उदय केसीले जानकारी दिए ।
उनका अनुसार पहिलो पुरस्कार १ जनालाई १६ लिटरको फ्रिज प्रदान गरिने अध्यक्ष केसीले बताए। साथै द्धितिय पुरस्कार २४ इन्चको टिभि १ जनालाई, तेस्रो पुरस्कार जुस मिक्सर १ जनालाई प्रदान गर्ने भएको छ ।
यस्तै चौंथो र पाचौँ पुरस्कार एकरएक जनालाई राइस कुकर र प्रेसर कुकर रहेको छ । आयोजकले मेला अवधिभर सामान किन्ने ग्राहकहरुलाई निशुल्क खाजाको समेत व्यवस्था गरेको छ । पोखरा मोबाइल टावरले मोबाइल खरिद गर्दा मोवाइल इन्स्योरेन्स समेत गरिने अध्यक्ष केसीले जानकारी दिए ।
सम्बन्धित खबर
वालिङ्बाट लागूऔषधसहित पोखराका गुरुङ पक्राउ
राष्ट्रिय मगर एकता दिवसमा स्याङ्जाका आठ पालिकामा सार्वजनिक बिदा
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो