बेनी । जोमसोम सडकखण्डमा गुडिरहेको बोलेरो जीपमाथि ढुंगा खस्दा तीनजना यात्रु घाईते भएका छन् । बेनीबाट मुस्ताङ जाँदै गरेको जीप रघुगंगा गाउँपालिका–३ घुमाउने तालमा सडक ग १ ज ७०६२ नम्बरको जीपमा सडकमाथिबाट खसेको ढुंगा लाग्दा रुपन्देही जिल्ला देवदह नगरपालिका–५ का ७१ बर्षिय यामबहादुर विक, उनकी श्रीमति ६३ बर्षिया गंगी विक र बागलुङ नगरपालिका–३ का मन बहादुर थापा घाईते भएका छन् । जीपमा चालक सहित १४ जना यात्रु सवार थिए ।
गएरातीको अबिरल बर्षासँगै हिलाम्मे सडकमा जोखिम मोलेर यात्रा गरिरहेका यात्रुलाई घुमाउने ताल नजिककै पुग्ने बेलामा एक्कासी गाडी माथिको साईडमा ढुंगा बज्रिएको चालक शुसिल परियारले बताए । उनका अनुसार यात्राको क्रममा घाईते अवस्थाका विरामीलाई तत्कालै सोही गाडीमा बेनी अस्पतालमा ल्याइएको थियो ।
घाईतेमध्ये यामबहादुरको एक्सरे भइरहेको छ । उनको शरीरमा चोट लागेपनि अन्य घाईते खतरामुक्त रहेको जनाइएको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम