नयाँदिल्लीमा नेपाली संविधान दिवसको विरोध, ‘कालो दिन’ भन्दै नारावाजी….

नयाँदिल्लीमा नेपाली संविधान दिवसको विरोध, ‘कालो दिन’ भन्दै नारावाजी….

delhi ma nepali sambidhan dibas ko birodha

नयाँदिल्ली –  भारतस्थित नेपाली राजदूतावासले संविधान दिवस मनाइरहँदा नयाँदिल्ली, जन्तरमन्तरमा संविधानको विरोध गरियो ।

भारतमा रहेका नेपाली विद्यार्थीहरुले संविधान दिवसलाई ‘कालो दिन’को संज्ञा दिँदै विरोध जनाएका हुन् । उनीहरुले कालो ब्यानरमा संविधान विरोधी नारा लेख्दै नारा समेत लगाएका थिए ।

संविधान विभेद्कारी भएको भन्दै विभिन्न नारा लेखिएका प्लेकार्ड समेत प्रदर्शन गरिएको थियो । विरोध कार्यक्रममा राष्ट्रिय विद्यार्थी संघ भारतका विद्यार्थीहरुको सक्रिय सहभागिता थियो ।

दिल्लीमा अध्ययनरत विद्यार्थीसहित राष्ट्रिय जनता पार्टीका नेताहरु समेत विरोधसभामा आइपुगेका थिए । कार्यक्रममा नेपालबाटै राजपाका केन्द्रीय सदस्य र जिल्ला सदस्यहरु समेत सहभागी थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds