रामजानकी मन्दिरमा बम राखेको हल्ला, सुरक्षा व्यवस्था कडा

रामजानकी मन्दिरमा बम राखेको हल्ला, सुरक्षा व्यवस्था कडा

ram janiki

जनकपुरधाम– धनुषाको जनकपुरस्थित प्रसिद्ध रामजानकी मन्दिरमा बम राखेको हल्ला चलेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । बम राखेको भन्ने हल्ला चलेपछि प्रहरीले शुक्रबार मध्याह्न १२ बजेदेखि सुरक्षा व्यवस्था कडा पारेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषा स्रोतका अनुसार मध्याह्न करिब १२ बजेतिर मन्दिर क्षेत्रमा बम राखेको ‘सूचना’ आएको थियो । प्रहरीले अहिले मन्दिरसहित वरपरको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ ।

बम राखेको सूचना आएपनि बम भने फेला पर्न नसकेको धुनषा प्रहरी स्रोतले जानकारी दियो । प्रहरीले रामजानकी मन्दिरमा बम राखेको विषयमा औपचारिक रुपमा भने कुनै जानकारी दिन मानेको छैन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds