पोखरा । पोखराको फेवातालमा बुधबार भेटिएको शवको पहिचान भएको छ । सो शव पोखरा-१७ घारीपाटनका आश बहादुर गुरुङको रहेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कोमल शाहले जानकारी दिए ।४२ वर्षीय गुरुङको शव बुधबार दिउँसो ड्यमसाइड क्षेत्रमा भेटिएको थियो । माछा मार्न गुरुङ बिहानैबाट तालमा पुगेका थिए ।
मादक पदार्थ सेवन गरेको जस्तो देखिएका उनी दिउँसो एक्कासी तालमा हाम फालेको स्थानीयले प्रहरीलाई बताएका छन् । तर उनले मापसे गरेको नगरेको बारे पोष्टमार्टमपछि नै थाहा हुने डिएसपी शाहले बताए ।‘मापसे गरेर हाम फालेको भन्ने कुरा प्रत्यक्षदर्शीबाट आएको छ,’ उनले भने, ‘मापसे गरे/नगरेको पोष्टमार्टमपछि थाहा हुन्छ ।’ प्रहरीले माछा मार्दा चिप्लिएर तालमा खसेको हुनसक्ने अनुमान गरेको छ ।
बुधबार दिउँसो तालमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरी र गोताखोरको टोलीले उनको शव तालबाट निकालेको थियो । फेवातालमा डुङ्गा सयर गर्दा, पौडी खेल्दा वर्षेनी धेरैले ज्यान गुमाउने गरेका छन् । तालमा हाम फालेर आत्महत्या गर्ने गरेको पनि पाइन्छ । खराब मौसम, पौडी खेल्न नजानी तालमा पस्नाले र पर्याप्त होसियारी नअपनाउँदा फेवासँगै बेगनास तालमा यस्ता घटना बढ्दै गएको छ ।
सम्बन्धित खबर
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो