काठमाडौं । नेप्लिज असोसिएसन अफ अष्ट्रेलियन एजुकेशन रिप्रेजेन्टेटिभ (नायर) को आयोजनामा काठमाडौंमा “नायर अष्ट्रेलियन एजुकेशन फेयर” सम्पन्न भएको छ ।
नेपाली विद्यार्थीलाई अष्ट्रेलियाको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृतिको विषयमा पर्याप्त सूचना प्रवाह गर्ने उदेश्यले काठमाडौंको दरबारमार्ग स्थित होटल अन्नपूर्णमा आयोजित शैक्षिक मेलालाई नेपालका लागि अस्ट्रेलियाका राजदुत पिटर बर्डले सम्बोधन गरेका थिए ।
पिटरले अस्ट्रेलियन शिक्षाको महत्व प्रकास पार्दै नायर अन्तरगतका शैक्षिक परामर्श संस्थाहरुले बिद्यार्थीलाई सही परामार्श दिने विश्वाश ब्यक्त गरे । साथै उनले नेपाली बिद्यार्थीको मेहनेतबाट आफु प्रभावित भएको बताए ।
मेलामा विभिन्न कलेज तथा युनिभर्सिटिका प्रतिनिधिहरुबाट छात्रवृत्ति सम्बन्धी जानकारी, आईएलटिएसमा उच्च अंक प्राप्त गर्ने तरिका तथा करियर काउन्सिलिङ्ग सम्बन्धी जानकारी गराइेको नायरका अध्यक्ष विज्ञान श्रेष्ठले बतए ।
मेलामा शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त अस स्टडिज, ब्रिज ब्लु, डलफिन एजुकेशन, एडुब्रिज, एजुकेशन फस्ट, एजुकेशन पार्क, एक्सपर्ट एजुकेशन, ग्लोबल रिच, हब, मेन्टर, मोटिफ एजुकेशन अब्रोड, नेपाल एजुकेशन कन्सल्टेन्सी, नेप्लिज इन्काउन्टर्स, ओली एण्ड असोसिएट्स, प्रोफेशनल एजुकेशन, राइट एण्ड असोसिएट्स, द नेक्स्ट, युनिक्याम्पस र भि.आई.इ.सी लगायतका नेपालको उत्कृट शैक्षिक परामर्श दिने संस्थाहरुको स्टल रहेको थियो ।
मेलाको ब्यवस्थापन वान अप प्रा. लि. ले गरेको थियो ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने