डेंगु महामारी नियन्त्रणमा बेवास्ता गरेको भन्दै सत्तापक्षबाटै स्वास्थ्यमन्त्रीको आलोचना !

डेंगु महामारी नियन्त्रणमा बेवास्ता गरेको भन्दै सत्तापक्षबाटै स्वास्थ्यमन्त्रीको आलोचना !

upandra yadab

प्रतिकारात्मक चिन्ह

काठमाडौँ — सत्ता र प्रतिपक्ष सांसदहरूले डेंगु महामारी नियन्त्रणमा बेवास्ता गरेको भन्दै स्वास्थ्यमन्त्री उपेन्द्र यादवको आलोचना गरेका छन् । प्रतिनिधिसभा बैठकमा बुधबार उनीहरूले डेंगु नियन्त्रणमा ध्यान दिनुको सट्टा विदेश घुम्न व्यस्त रहेर नागरिकको जीवनमा हेलचेक्र्याइँ नगर्न मन्त्री यादवलाई चेतावनी दिए ।

प्रतिनिधिसभामा मन्त्री यादवले डेंगु महामारी सम्बन्धमा दिएको अभिव्यक्तिमा पनि सांसदहरूले चित्त बुझाएनन् । जानकारी गराउन संसद्‌मा पटक–पटक आवाज उठे पनि मन्त्री यादव नआएपछि गत साता सभामुख कृष्णबहादुर महराले रुलिङ गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए । त्यसपछि जवाफ दिन उनी बुधबार प्रतिनिधिसभामा उपस्थित भएका हुन् । उनले डेंगुको अवस्थाबारे जानकारी दिएलगत्तै सांसदहरूले प्रतिप्रश्न गर्दै आलोचना गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds