काठमाडौं – नेपाली टोली शुक्रबारदेखि सञ्चालन हुने साफ–१८ फुटबल च्याम्पियनसिपको उपाधि रक्षा गर्ने दाउमा छ। यसअघिका दुई संस्करण लगातार जितेको नेपाली टोली घरेलु मैदानमा आयोजना हुने च्याम्पियनसिप जितेर उपाधिका ह्याट्रिक गर्ने अभियानमा रहेको नेपाली टोलीका प्रशिक्षक चेतनारायण श्रेष्ठले बताए।
‘हाम्रो तयारी राम्रो छ। उमेर समूहमा राम्रो गर्दै आएकोले यसपटक पनि खेलाडीले उत्कृष्ट प्रदर्शन गर्नेछन्,’ प्रशिक्षक श्रेष्ठले भने। श्रेष्ठले टोलीको कप्तानको जिम्मेवारी जया गुरुङलाई दिएका छन्। टोलीको उपकप्तानमा नीतिन थापा रहने छन्।
असोज १२ गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपका लागि यसअघि नै नेपाली टोलीको घोषणा भइसकेको छ। श्रेष्ठले प्रशिक्षणमा रहेको २५ खेलाडीबाट अन्तिम २३ सदस्यीय टोलीको घोषणा गरेका हुन्। यसअघि प्रशिक्षणमा रहेका गोलरक्षक रोहित कार्की र मिडफिल्डर दीपेश गुरुङ अन्तिम टोलीबाट बाहिरिएका छन्। टोलीको गोलरक्षकमा विशाल सुनार, सूर्य अधिकारी र पूजन होना छन्। रक्षकमा विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नवीन गुरुङ, रोहन दोङ, एरिक रुम्बा र एन्जल महर्जन छन्।
मिडफिल्डरमा शिशिर लेखी, दीपेश गुरुङ, रोशन रानामगर, आकाश बुढामगर, जया गुरुङ, मनीष थापा, कौशल फुयाँल र नीतिन थापा छन्। स्ट्राइकरमा वृजेश चौधरी, साचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनीष डाँगी रहेका छन्।
च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा परेको छ। नेपालको समूहमा माल्दिभ्स र भुटान रहेका छन्। नेपाor लले पहिलो खेल माल्दिभ्ससँग शुक्रबार खेल्नेछ। नेपालले दोस्रो खेल भुटानसँग असोज ५ गते खेल्नेछ। समूह ‘बी’ मा बंगलादेश, भारत र श्रीलंका रहेका छन्। पाकिस्तानले अन्तिममा भाग नलिने जनाएको थियो। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। च्याम्पियनसिपमा खेलहरू हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदान हुनेछ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने