काठमाडौँ – मुस्ताङबाट पोखराका लागि उडेको हेलिकप्टर मौसम खराब भएपछि म्याग्दीको रघुगंगामा आकश्मिक अवतरण गरेको छ ।
मौसम खराब भएका कारण तीर्थयात्री बोकेको डाइनेस्टिक एयर हेलिकोप्टर रघुगंगा गाउँपालिका–२ राखु भगवतीको धानखेतमा आकश्मिक अवतरण गरिएको हो । हेलिकप्टरमा पाइलट अर्जुन मल्लसहित मुक्तिनाथ तीर्थयात्रामा गएका पाँचजना भारतीय नागरिक सवार थिए। उनीहरु सबै सकुशल छन् ।
यसअघि, हिजो लुक्लाबाट काठमाडौँको लागि उडेका सातवटा हेलिकोप्टरहरुको आकस्मिक अवतरण गरिएको थियो । मौसम खराब भएका कारण हेलिकोप्टर काभ्रेको पाँचखाल र नेपालथोकमा सातवटा हेलिकोप्टर अवतरण गरिएको हो ।
सम्बन्धित खबर
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ