काठमाडौं: आपराधिक लाभ र संगठित अपराधको अभियोग लागेका गृहमन्त्री रामबहादुर थापा’बादल’का भाइ नरेश थापा धरौटीमा छुटेका छन्। काठमाडौं जिल्ला अदालतमा बुधबार थुनछेकको आदेशले नरेश १ लाख रुपैयाँ धरौटीमा छुटेका हुन्।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश मेदिनीप्रसाद पौडेलको एकल इजलासले उक्त आदेश गरेको हो। बाँकी ६ जना भने पुर्पक्षका लागि कारागार चलान भएका छन्। थुनछेक बहस सोमबारदेखि सुरु भएको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नरेशसहित ९ जनाविरुद्ध आपराधिक लाभ र संगठित अपराधमा मुद्धा दर्ता गरेको थियो।
नेपाल निर्माण व्यवशायी महासंघका तत्कालिन अध्यक्ष शरद गौचनको हत्यामा पुर्पक्षका लागि थुनामा रहेका समिरमानसिंह बस्नेतको निर्देशनमा नरेशसहितको समूहले बाहिर बसेर फिरौती र असुली गरेको आरोप लगाइएको थियो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले गृहमन्त्री थापाविरुद्ध पनि मुद्धा चलाउन जिल्ला सरकारी वकिल कार्यालयलाई राय दिएको थियो। प्रहरीको अनुसन्धान प्रतिवेदन सरकारी वकिलकहाँ पुगेपछि नरेश पक्राउ परेका थिए। आरोपित ९ जनामध्ये समिर जेलमै छन् भने एक जना फरार छन् । देश सञ्चार डटकमले खबर छापेको छ ।
सम्बन्धित खबर
नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन
पशुपतिमा भक्तजनको मोबाइल चोर्ने गोरखाका २ जना १० थान मोबाइलसहित पक्राउ
झापामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु
आज शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्पः एक बन्दी घाइते, कोदारीको ब्यारेक भवनमा क्षति
देशका धेरै ठाउँमा बदली, वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम