काठमाडौं । नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । बुधबारदेखि लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय सार्वजनिक गरेका थिए । मन्त्री भट्टराईको निर्णय सरकारी स्वामित्वको कम्पनीबाट भएको हो । यसैबीच निगमले दशैंका लागि अग्रिम बुकिङसमेत खुलाएको छ । अब निगमको आन्तरिक उडानमा यात्रुहरुले अग्रिम बुकिङ गरी टिकट लिन सक्ने छन् । अधिकतम जहाजको उपयोग गरी दशैंमा यात्रुलाई सेवा दिने उद्देश्य निगमको रहेको छ ।
यसअघि निजी हवाइ कम्पनीहरूले भने चाडपर्वको अवसरमा हवाइ भाडामा १० प्रतिशत छुट दिने घोषणा गरेका थिए । वायुसेवा सञ्चालक संघ नेपालले दशैँदेखि छठसम्मको लागि १० प्रतिशत भाडा छुट दिने निर्णय गरेको थियो । सम्बन्धित वायुसेवा कम्पनीको कार्यालयमै पुगेर आउँदो असोज १२ देखि कात्तिक १७ गतेसम्मको हवाइ टिकट खरिद गरेमा सामान्य हवाइ भाडामा (विमानस्थल शुल्क, इन्धनबाहेक) १० प्रतिशत छुट दिएको थियो ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु