पोखरा-बाग्लुङ सडक खुल्यो

पोखरा-बाग्लुङ सडक खुल्यो

rakam

पोखरा । गएरातिको अबिरल बर्षाका कारण पहिरो जाँदा अबरुद्ध भएको मध्य पहाडी लोकमार्गको पोखरा बाग्लुङ्ग सडक खण्ड सञ्चालन भएको छ । बर्षाका कारण पर्वतको मोदी गाउँपालिका ४ भ्याप्लेमा र कास्कीको अन्नपुर्ण गाउँपालिकाको फेदीमा पहिरो जाँदा सडक अबरुद्ध भएको थियो ।

स्तरोन्नतिको क्रममा रहेको सडक खण्डमा गएको पहिरो हटाएर सवारी आवगमन सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले जानकारी दिए ।

भद्रखोलामा सोमबार राति १२ बजे गएको पहिरोले अबरुद्ध भएको सडक राति नै सञ्चालन भएको थियो तर बिहान फेरी पहिरो गएर सडक अबरुद्ध भएको थियो । रिठेखेलामा पनि माथिबाट आएको लेदो र ढुंगाले सडक अबरुद्ध भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds