काठमाडौं । गायक राजेश पायल राईको शान्तिनगरस्थित घरमा आगलागी भएको छ । बिजुली सर्ट भएर उनको घरमा आगलागी भएको हो । सोमबार दिउँसो ३ बजे उनको घरमा आगो सल्केकाे थियो । राजशले पाएका अधिकांश सम्मानपत्रहरु आगलागीबाट नष्ट भएका छन् ।
राजेश पायलले सांगीतिक क्षेत्रमा लागेर कमाएका सम्मानपत्र, अवार्डहरु आफ्नो कोठामा राख्दै आएका थिए । सोही कोठामा बिजुली सर्ट भएर आगो लागेको हो । छिमेकी, प्रहरी र दमकलको सहायतामा आगो निभाइएको थियो । गायक राजेश पायल राई भने अहिले सांगीतिक टुरका लागि विदेशमा छन् । घरमा केही मानिसहरु मात्र भएको अवस्थामा आगो लागेको थियो ।
आगो लागेपछि राजेशले फेसबुकमा स्टाटस लेख्दै सबैभन्दा ठूलो समय नै भएको बताएका छन् । उनले लेखेका छन्–‘गल्ती, कमजोरी मान्छेबाट हुन्छ भन्थे, भगवानबाट पनि हुँदोरहेछ । उनैले दिए, उनैले लगे, उनैले दिनेछन्, एक दिन गल्ती नगरिकन । यो परिस्थितिमा मेरो छिमेकीहरुले दर्साउनु भएको सहयोग, नेपाल प्रहरी, दमकल परिवारप्रति यहाँ परदेशी भूमिबाट हार्दिक नमन ।’
उनले अवार्डहरु जले पनि दर्शकले दिएको माया कहिले नजलोस् भनेर कामना पनि गरेका छन् ।
तस्वीर सौजन्यः विवेक बस्याल
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम