पोखरा । पश्चिमाञ्चल सामुदायिक अस्पतालले पत्रकारलाई २० प्रतिशत छुट दिने घोषणा गरेको छ । अस्पतालका अध्यक्ष हरिप्रसाद पाण्डेले सहकारीको आफू अध्यक्ष रहेको पश्चिमाञ्चल स्वास्थ्य सहकारी संस्था लिमिटेडको तेश्रो साधारणसभाको अवसरमा यस्तो घोषणा गरेका हुन् । पाण्डेले अस्पतालले दिने सेवामा पत्रकारलाई २० प्रतिशत छुट दिने बताए ।
कार्यक्रमका पोखरा महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष रामराज लामिछानेले पृथ्वीचोक क्षेत्र डेंगु प्रभावित क्षेत्र भएकाले डेंगु परिक्षणमा छुट दिन आग्रह गरे ।

कार्यक्रममा जिल्ला सहकारी संघका सचिव दीपक आचार्य, पृथ्वी होटल व्यवसायी समितिका निवर्तमान अध्यक्ष कमल न्यौपाने, गोल्डेन सहकारीका अध्यक्ष विष्णु बराल, पृथ्वी बहुउद्धेश्यीय सहकारीका निवर्तमान अध्यक्ष ओम कार्की, मुक्तिनाथ विकास वैंकका राजु पौडेल, सहकारीका कानुनी सल्लाहकार सन्तोष अधिकारीलगायतले सहकारीको मर्म र धर्म निर्वाह गर्दै उत्पादनमा जोडिन सुझाव दिएका थिए ।
साधारण सभाको अवसरमा उत्कृष्ट निक्षेपकर्ताको रुपमा निर्देश फर्मा, दुर्गा लामिछाने, बाबुराम पौडेल, उत्कृष्ट कर्मचारीको रुपमा प्रबन्धक उषा गैह्रे र बजार प्रतिनिधि संगीता श्रेष्ठलाई सम्मानसमेत गरिएको थियो ।
पश्चिमाञ्चल स्वास्थ्य सहकारी संस्थाको पुँजी १ करोड ९२ लाख ७५ हजार छ भने ४ करोड निक्षेप संकलन गरेको सहकारीका अध्यक्ष हरिप्रसाद पाण्डेले जानकारी दिए ।
सम्बन्धित खबर
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पूर्व राजा ज्ञानेन्द्रले गरे कुल मन्दिरको दर्शन
काउली बेचेर एकै सिजनमा ६ लाख आम्दानी
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो