दैलेख- दैलेखको भगवतीमाई गाउँपालिका–७ खगेनामा चट्याङ लागेर एक हलगोरु र तीन गाईको मृत्यु भएको छ । शनिबार साढे ५ बजे इन्द्रजीत विकको घर नजिकै चट्याङ परेको थियो । घर नजिकै बाँधेका एक हलगोरु र तीन गाईको मृत्यु भएको हो ।
घर नजिकै चट्याङ परेकाले इन्द्रजीत विकको घरमा रहेका विककी श्रीमती पवित्रा विक र छोरा दिलीप विक बेहोस भएको जानकारी आएको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले जानकारी दिए ।
जानकारी आउनेबित्तिकै आफूहरुले स्थानीय जनप्रतिनिधिलाई खबर गरेर घटनाको विवरण बुझ्न पठाएको र जिल्ला प्रहरी कार्यालयलाई खबर गरेको अध्यक्ष थापाले बताए ।
घटनाको विस्तृत जानकारीका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।.दैलेखमा लगातार तीन दिनदेखि ठूलो वर्षासँगै चट्याङ परिरहेको छ ।
के चट्याङ हो ?
चट्याङ एक किसिमको बिजुलीको धार हो। यो वायुमण्डलमा देखापर्छ। वैज्ञानिक अध्ययनअनुसार एकपटक चट्याङ पर्दा १० हजार एम्पिएर र त्योभन्दा बढी करेन्ट उत्पन्न हुन्छ। यो करेन्टको धार आकाशबाट पृथ्वीको सतहतिर केन्द्रित भई प्रवाहित हुन्छ। कुनै मानिस वा प्राणी यसको संसर्गमा आए तुरुन्तै मृत्यु हुन्छ।
बिजुली चम्किने बेला वायुमण्डलको तापक्रम एक्कासि बढ्छ। ताप बढेर ३० हजार डिग्री सेल्सियस र त्योभन्दा बढी पुग्न सक्छ, शाक्यले भने, ताप बढेपछि आयातन बढ्छ, जसले विस्फोटनको आवाज निस्किन्छ। यही आवाजलाई मेघ गर्जन भनिन्छ।
उनका अनुसार क्युमलोनिम्बस नामको बादल निर्माण हुनेबेला चट्याङ देखा पर्छ। यो बादलको स्वरुप कालो र बाक्लो हुन्छ। बादलभित्र हावा तलमाथि भइरहन्छ। त्यही बादलभित्र रहेका पानीका थोपा, बरफ, असिना र हिउ”बीच आपसमा घस्रण हुन थाल्छ। यसले बादलभित्र धनात्मक र ऋणात्मक चार्ज विकास हुन्छ। बादलभित्र विद्युतीय चार्ज उत्पत्ति हुनु नै चट्याङ पर्नुको प्रमुख कारण हो।
सुरुसुरुमा आकाशको माथिल्लो भागमा बिजुली चम्कने गर्छ। यस्तो चट्याङबाट मानवीय क्षति हुँदैन। तर जब आकाशमा छिटोछिटो बिजुली चम्कने र क्षणक्षणमा मेघ गर्जनको आवाज सुनिन थाल्छ, चट्याङको डर बढ्दै जान्छ, शाक्यले भने, यस्तो बेला हुरीबतास चल्यो र पानी पर्यो भने क्षति हुने खतरा बढी हुन्छ। बादलबाट निस्कने हुरीबतास र वर्षा स”गस”गै करेन्टको धार पनि आकाशबाट पृथ्वीतिर प्रवाहित हुन्छ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु