दुई बाख्रा प्रहरी हिरासतमा, जरिवाना तिरेर छुटे

दुई बाख्रा प्रहरी हिरासतमा, जरिवाना तिरेर छुटे

goats-in-pickup-truck

एजेन्सी। भारतको तेलंगना राज्यमा दुई बाख्रालई प्रहरी हिरासतमा लिएको छ। बाख्राहरुले अस्पताल रिसरको भर्खर रोपिएका बिरुवा खाईदिएको आरोप थियो। रुख बचाऔं अभियानका कार्यकर्ताहरुले चरिरहेका बाख्रालाई समातेर प्रहरीमा बुझाएका थिए। उनीहरुले रोपेका बिरुवा बाख्राले खाईदिएको थियो। प्रहरीले बाख्रा मालिकसँग रु १६०० जरिवाना तिराएर बाख्रलाई छाडेको थियो। बाख्रा मालिकलाई आफ्ना बाख्राहरु सम्हालेर राख्न प्रहरीले सुझाव दिएको छ।

सेव द ट्रिज आयोजनाका १ सय ५० बिरुवा बाख्राले खाईदिए पछि उक्त संस्थाका कार्यकर्ताहरुले यस्तो जुक्ती लगाएका हुन्। भारतमा जनावरलाई प्रहरीले हिरासतमा लिन पाउन्न तर मान्छेलाई अफठ्यारो परेमा प्रहरीले जनाउर मालिकलाई सम्झाउन सक्छ।

बाख्रा मालिकलाई सम्झाउने उद्देश्यले जरिवाना गरिएको प्रहरीको भनाई रहेको छ। राम्रो काम गरिरहेकाहरुलाई सहयोग गर्नु प्रहरीको कर्तव्य पनि हो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ