बुटवल – पाल्पा सडक खण्ड अन्तरगत पर्ने सिद्धबाबा मन्दिर नजिकै पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । शनिबार बिहान सवा ९ बजे माथिबाट खसेको पहिरोका कारण पाल्पा, गुल्मी अर्घाखाँची, पोखरा बाग्लुङ जाने गाडी बुटवलमा रोकिएका छन् ।
त्यस्तै बुटवल आउदै गरेका गाडी पाल्पाको दोभारमा रोकिएका छन् । अहिले यस क्षेत्रमा भीषण वर्षा भइरहेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख भीमलाल भट्टराईले पाल्पाको टोलीसँग समन्वय गरेर सडक खुुलाउने प्रयास भइरहेको लोकान्तरलाई जानकारी दिए ।
शुक्रबार सोही ठाउँमा खसेको पहिराले दुई वटा गाडी पुरिँदा १ जनाको मृत्यु भएको थियो भने, ४ जना गम्भीर घाइते भएका छन् । भारी वर्षा भइरहेकोले समेत भएर हिड्न यात्रुहरुलाई प्रहरीले आग्रह गरेको छ । सिद्धबाबा सडक जोखिमपूर्ण छ । जहाँ हिलो र खाल्डाखुल्डीले यात्रा गर्न पनि कठिन छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम