३ महिनापछि ‘को बन्छ करोडपति’ विजेता जैनले पाए १ करोडको चेक

३ महिनापछि ‘को बन्छ करोडपति’ विजेता जैनले पाए १ करोडको चेक

jain

काठमाडौं । ‘को बन्छ करोडपति’का विजेता राजिव जैनलाई एक करोडको चेक हस्तान्तरण गरिएको छ ।ललितपुर स्थित होटल हिमालयमा आयोजित एक कार्यक्रमका बीच विजेता जैनलाई एसआरविएन मिडियाका प्रमुख कार्यकारी अधिकृत विपिनकुमार आचार्य, कार्यक्रम प्रस्तोता महानायक राजेश हमाल, सिभिल बैंकका सीईओ गोविन्द गुरुङ, क्रियटिम निर्देशक सुरक्षा अधिकारी लगायतले १ करोडको चेक हस्तान्तरण गरेका हुन् ।

केबिसीको पहिलो संस्करणमा विजेता बनेको झण्डै तीन महिनापछि उनले १ करोड पाएका हुन् ।एपीवान टेलिभिजनबाट प्रशारण भएको उक्त कार्यक्रममा १ करोड जितेपछि सुरुमा राजीब जैनले उक्त रकमले केहि हिस्सा समाजसेवा तथा विश्व भ्रमणमा खर्चिने बताएका थिए ।

रकम बुझेपछि उनले नेपालका धेरै स्थान घुम्न बाँकी रहेकाले मन बदलिएको बताए । ‘नेपाल घुमेपछि मात्रै बाहिरी मुलुक घुम्ने योजना बनाएको छु, केहि रकम समाजसेवामा पनि लगाउनेछु’, उनले भने।

यसैगरी चेक हस्तान्तरणको अवसरमा आफ्नो भनाई राख्दै महानायक तथा कार्यक्रम प्रस्तोता राजेश हमालले पहिलो सिजन आफुहरुको अपेक्षा भन्दा धेरै सफल भएकोमा खुसी लागेको सुनाए । उनले आगामी शो थप भव्य बनाउनका लागी आयोजक एसआरविएन मिडियालाई तयारी थाल्न समेत आग्रह गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ