त्रिभुवन विमानस्थलबाट देशका अन्य ठाउँमा जहाजमा जाँदा देशका छ जना उच्चपदस्थ (भिभिआइपी)ले मात्र जहाजसम्मै गाडी सुविधा पाउने भएका छन्।
विमानस्थल कार्यालयले ६ उच्चपदस्थबाहेक अरूले जहाजसम्म गाडी लान नपाउने जानकारी गराउँदै सार्वजनिक सूचना जारी गरेको छ।
विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रिय सभाका अध्यक्षलेमात्र जहाजसम्म गाडी लान पाउने छन्। यो सुविधा उनीहरूका विदेशी समकक्षीले पनि पाउने छन्।
पुरानै नियम भए पनि यो कार्यान्वयनमा थिएन। यसअघि केही मन्त्रीले समेत गाडी लिएर जहाजसम्म जाने गरेका थिए। अब भिभिआइपीबाहेकका सबै यात्रु समान रूपले जहाज कम्पनीले उपलब्ध गराएको बसमा जहाजसम्म जानुपर्नेछ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थलमा भिभिआइपीको नाममा गाडीभित्र छिराउने परम्परा रोक्ने घोषणा गरेका थिए। विमानस्थल कार्यालयले पूर्वप्रधानमन्त्रीहरूका लागि अनुरोध आएमा गाडी लिन दिन सक्ने बताएको छ। अन्तर्राष्ट्रिय यात्रामा जाने कसैले पनि गाडी लान पाउँदैनन्।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु