काठमाडौंको गोलढुङ्गामा गोली चल्यो

काठमाडौंको गोलढुङ्गामा गोली चल्यो

gun

काठमाडौं –  प्रहरीले गुण्डागर्दीमा संलग्न साजन गुरुङ उर्फ नाजोकमाथि गोली प्रहार गरेको छ । प्रहरीको गोलीबाट घाइते भएका साजनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ । तारकेश्वर नगरपालिकाको गोलढुंगास्थित फूलबारी रेष्टुराँमा साजनलाई प्रहरीले घेरेर नियन्त्रणमा लिन खोजेको थियो । तर, साजनले प्रहरीलाई आक्रमण गरेर भाग्न खोजेपछि महानगरीय अपराध महाशाखाको टोलीले उनीमाथि गोली चलाएको हो । महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार साजनको खुट्टामा दुई गोली लागेको छ ।

साजनलाई विभिन्न अभियोगमा प्रहरीले पक्राउ गर्न खोजी गर्दै आएको थियो । धादिङ घर भएका साजनले काठमाडौं र धादिङका निर्माण व्यवसायीसँग रकम असुल्ने गरेको प्रहरीसमक्ष उजुरी परेको थियो ।साजनको साथबाट एउटा कटुवा पेस्तोल बरामद भएको प्रहरी जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ