पोखरा । साझा पार्टीले कास्की जिल्ला संयोजक र पोखरा महानगर संयोजक घोषणा गर्ने भएको छ । भदौ २८ गते शनिबार जिल्ला र महानगर संयोजक घोषणा कार्यक्रमको आयोजनागरिएको साझा पार्टी गण्डकीले जनाएको छ ।
जिल्ला र महानगर संयोजक घोषणाका लागि पार्टी संयोजक रवीन्द्र मिश्रसहित केन्द्रीय स्तरका नेताहरु पोखरा आउने भएका छन् । पार्टीको केन्द्रीय सदस्यको रुपमा भर्खरै मात्र आबद्ध भएकी मिस नेपालअर्थ २०१८ प्रिया सिग्देल पनि कार्यक्रममा विशेष वक्ताको रुपमा आउँदै छिन् । यस्तो खालको औपचारिक कार्यक्रममा मिस नेपाल अर्थ सिग्देललाई पार्टीले पहिलो पटक पोखरामा सहभागी गराउँदैछ ।
‘संगठन विस्तार अभियान अन्तरगत हामी अहिले जिल्ला स्तरिय संयोजक घोषणा अभियानमा छौँ । यस्तै पोखरामा महानगर संयोजक पनि घोषणा गर्दैछौँ । नजिकी रहेको कास्की निर्वाचन क्षेत्र नम्बर २ को उप-निर्वाचनका लागि पनि जिल्ला र महानगर संयोजक घोषणाले अर्थ राख्छ ।’ साझा पार्टी गण्डकीका संयोजक महेश भण्डारीले भने ।
गण्डकी प्रदेश अन्तर्गत साझा पार्टीले हालसम्म नवलपुर जिल्ला संयोजक घोषणा गरिसकेको छ । त्यस्तै सोही जिल्लाको देवचुली नगरपालिकाको संयोजक पनि घोषणा गरिसकेको छ । कास्कीको जिल्ला र महानगर संयोजक घोषणासँगै पार्टीले असोज ३ गते गोरखा जिल्ला संयोजक घोषणा गर्ने कार्यक्रम तय भएको छ ।
गण्डकी प्रदेश अन्तर्गतका ११ वटै जिल्ला र स्थानिय निकायहरुमा चाँडै नै संगठन विस्तार गर्ने गरि तयारी भएको संयोजक महेश भण्डारीले बताए ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु