वुटवलका एक युवा इन्जिनियरले पानीबाट गाडी चलाउने उपकरण तयार परेका छन्। जसलाई जुनसुकै गाडी तथा मोटरसाइकलमा प्रयोग गर्न सकिन्छ। बुटवल मिलनचोकका युवा शिशिर जिसीले ‘फ्युल सेभर किट’ तयार पारेका छन्। भारतको बैंगलोरबाट मेकानिकल इन्जिनियररिङ गरेका उनले साना गाडी र मोटरसाइकलमा प्रयोग गर्न सकिने डिभाइस बनाएका हुन्।
यो डिभाइसको प्रयोगले इन्धन बिना नै गाडी चल्ने भने होइन। ४० प्रतिशत पानी र ६० प्रतिशत इन्धनको प्रयोगबाट गाडी चल्छ। ‘फ्युल सेभर किट’ नामक डिभाइसमा प्रशोधित पानी राखिन्छ।
पानीबाट हाइड्रोजन र अक्सिजन छुट्छन्। हाइड्रोजन ग्यास पाइपलाई गाडीको इन्जिनमा लगेर जोडिन्छ। हाइड्रोजनको क्षमता पेट्रोलभन्दा तीनगुणा बढी हुने भएकाले यसले इन्धनले गर्नुपर्ने ४० प्रतिशत काम गर्छ। यतिमात्रै होइन, यो डिभाइसले इन्जिनको क्षमता बृद्धि, पिकअप पावरबृद्धि र आवाजसमेत कम गर्ने इन्जिनियर जिसीले बताए।
हाइड्रोजन ग्यास प्रयोगपछि गाडीले फाल्ने दुषित कार्बनमोनोअक्साइड जस्ता ग्यासको उत्सर्जन ५० प्रतिशत कम हुन्छ। इन्धनमा ४० प्रतिशत, इन्जिन क्षमता बृद्धि, वातावरण प्रदुषणसमेत ५० प्रतिशतले कम हुने उनले दाबी गरेका छन्।
०७२ सालमा भएको नाकाबन्दीका बेला शिशिरले यो प्रोजेक्टको कल्पना गरेका थिए। डेढ वर्षअघि डिभाइस बनाएर आफ्नै गाडीमा फिट गरे। यसले सकारात्मक नतिजा दिएपछि अझै सुधार गर्दै उनले यो डिभाइस तयार पारेका हुन्। कार जिपमा प्रयोग गर्न मिल्ने डिभाइसको साइज ३० सेन्टिमिटर चौडाई र ३० सेन्टिमिटर उचाईको छ। मोटरसाइकलको लेगगार्डमै डिभाइस राख्न सकिन्छ भने ठुला गाडीको केही ठुलो छ।
कारमा प्रयोग हुने डिभाइसमा ४ दशमवल ६ लिटर पानी हालिन्छ। जसले ६५० किलोमिटर गाडी चल्छ। कारको डिक्कीमा यो डिभाइस फिट गर्ने गरी तयार पारिएको छ। ‘मैल नेपालमा व्यापार घाटा र वातावरण संरक्षणलाई ध्यानमा राखेर डिभाइस निर्माण गरेको हुँ, शिशिरले भने,‘सबै गाडीमा यो उपकरण फिट गर्न सकियो भने नेपालले करिब १ खर्बको इन्धन आयात गर्नु पर्दैन्, नेपालकै पानीले गाडी चलाउन सकिन्छ।’
डेढ वर्षको प्ररीक्षण सफल भएपछि शिशिरले बिक्री गर्ने गरी प्रजेक्ट सार्वजनिक गरेका छन्। यो डिभाइस दुई महिनाभित्र बजारमा पाइने उनले बताए। मूल्य कायम भइसकेको छैन। कारमा प्रयोग हुने डिभाइसको मुल्य ५० हजारभन्दा तल नै पर्ने उनले बताए। ‘१०० प्रतिशत नै पानीबाट चल्ने अर्को प्रोजेक्टको तयारीमा छु,’ उनले भने,‘यसको प्रयोगसँगै त्यो पनि बनाउन थाल्छु।’
सम्बन्धित खबर
अब नागरिक एपबाटै राष्ट्रिय परिचयपत्र हेर्ने सकिने
पुरुषोत्तम कुँवरको नेतृत्वमा क्यान कास्की
सिद्धार्थ राजमार्गका खाल्डाखुल्डी पुरिँदै
आईफोन १६ प्रो र प्रो म्याक्स मोडल सार्वजनिक, मूल्य कति ?
दुई यात्रीलाई अन्तरिक्षमै छाडेर बोइङको स्टारलाइनर पृथ्वीमा फर्कियो
पोखरामा ‘कस्मिक कम्प्युटिङ एकेडेमी’ सञ्चालन, कम्प्युटर सम्बन्धी सबै तालिम दिइने
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी